|  | 
                 
         
         | 
        सम्बोधित गरिनु पर्ने समस्याहरू
    
                         
    
        
        
            
                | अंशच्छादन तथा अनुलिपिकरणदेखि जोगिन विभिन्न सङ्गठन जस्तै वैज्ञानिक तथा तकनीकि शब्दावली
                    आयोग (CSTT), राष्ट्रीय शैक्षिक अनुसन्धान र प्रशिक्षण परिषद (NCERT), राष्ट्रीय पुस्तक
                    ट्रस्ट,(NBT), विश्वविद्यालय अनुदान आयोग (UGC), साहित्य अकादमी, केन्द्रीय भारतीय
                    भाषा संस्थान,मैसुर (CIIL), ग्रन्थ अकादमी, लोक पुस्तकालय नेटवर्क इत्यादिको सहयोग
                    तथा समन्वय आवश्यकता पर्छ। प्रकाशक, समाचारपत्र/मिडिया, निगमित निकाय, पुस्तक विक्रेतासित
                    पनि सम्पर्क गर्नु आवश्यकता हुन्छ। रणनीतिलाई मूर्तरूप दिन तत्कालीन निजी अभिकरण तथा
                    लोक संस्थानसित सहयोग बढाउँदै अनि बनाउँदै हस्तक्षेप गर्नु आवश्यकता छ। 
 
 |  
            
                | एनटिएम द्वारा सम्बोधित गरिने सबै प्रमुख मुद्दका विस्तृत विवरणका लागि निम्नलिखित
                    कुरा उल्लेख गरिएको छ: |  
            
                | भारतमा प्रचलित बहुभाषिक परिस्थतिले गर्दा भाषाहरूका बीच क्रमिक श्रृङ्खला निर्माणबिना
                    नै एउटा भाषाबाट अरू भाषामा अनुवाद सरलीकरणका लागि निकै धेरै सम्भावना छ, साथै यसखाले
                    सरलीकरणलाई पनि सुविधाजनक बनाउन उपाय सुनिश्चित गरियोस्। ज्ञान आधारित मूल पाठलाई अनुवादमा शब्दावली स्तरीकरण र सङ्कल्पनात्मता प्रतिपादनका
                    साथ-साथ अपभाषा र अस्तरीकृत शब्द प्रयोगलाई वर्जितीकरण पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ
                    ताकि भाषाहरूको भाषान्तर लाई सरल बनाउन सकियोस्। एनटिएमद्वारा सम्बोधित गरिने मुद्दामा
                    यो एउटा महत्त्वपूर्ण मुद्दा हो।
 |  
            
                | अनुवाद आफैमा एउटा विशिष्ट कला हो अनि जब कुनै विशेष विषयको अनुवादका लागि प्रश्न उठ्छ
                    भने अझ अधिक विशिष्टिकरणको आवश्यकता पर्न सक्छ । यो मिसन अनुवादकहरूको शिक्षणका क्षेत्रमा
                    निम्नलिखित रूपले पहल गर्न सक्छ: |  
            
                | 1. | सम्बन्धित क्षेत्रमा विशेषज्ञ र अनुसन्धित्सुहरूलाई सम्मिलित गरेर केही मुख्य उद्देश्य
                    जस्तै दुभाषिकरण, उपशीर्षक लेख, कानून, प्राकृतिक विज्ञान, उपयोगी विज्ञान, समाज विज्ञान
                    इत्यादि अनुवादका लागि अल्पकालीन शिक्षण कार्यक्रमको आयोजन। |  
                | 2. | अनुवादकका लागि पाठको मानदण्ड र पेकेज प्रस्तुत गर्नु जसद्वारा सारा देशमा भाषा शिक्षाका
                    कार्यक्रममा सम्मिलित गर्न सकियोस् वा जसद्वारा अवकाश, दैनन्दिन क्रियाकलापपछि पाठ्यक्रमका
                    रूपमा चलाउन सकियोस्; |  
                | 3. | विश्वविद्यालय र अरू संस्थामा अनुवाद प्राद्यौगिकी र सम्बन्धित क्षेत्रमा विशिष्ट पाठ्यक्रम
                    विकासमा प्रोत्साहन र हौसला दिनु; |  
                | 4. | अनुसन्धान परियोजनाका साथ-साथ शिक्षार्थी अनुसन्धित्सुलाई प्रोत्साहन दिनु, मूल रूपमा
                    अनुमान्य पाठलाई गजबको अनुवाद गराउनु जसद्वारा शिक्षाशास्त्रीय उद्देश्यलाई पनि पूर्ति
                    गर्न सकियोस्; |  
                | 5. | भारतीय भाषाहरूका बीच अनुवादमाथि विशेष जोर दिँदै अध्येतावृति कार्यक्रमको आयोजन गर्नु
                जुन चाहिं संस्थाका विद्वानहरूबीच आदान-प्रदानको अनुमति निश्चित गर्न सकियोस्; |  
                | 6. | उदाहरणका रूपमा विशेष मूल पाठलाई छानेर कार्यशाला आयोजित गर्नु जहाँ शिक्षण प्राप्त
                    गर्ने र विशेषज्ञ एकजुट हुन सकून् र मूल पाठसित सम्बन्धित ज्ञान सन्दर्भ, शब्दावली,
                    सांस्कृतिक र भाषिक सन्दर्भका सिलसिलामा मुख्य मुद्दामा परिचर्चा गरेर समाधान खोजियोस्;
                    अनि |  
                | 7. | अनुवादनहरूको जाँच-परख, पाण्डुलिपि सम्पादन र सम्पादन गर्न कार्यशाला आयोजित गर्नु। |  
            
                | हाम्रो देशमा अनुवाद क्षमताका बारेमा उपलब्ध जानकारी अहिलेसम्म पर्याप्त छैन किनकि
                    यस्तो कुनै पनि स्रोत छैन जहाँ यस खाले जानकारी उपलब्ध हुन सकोस्। यो मुख्य रूपले भाषा
                    अनुवादकका बारेमा के चाहिं साँचो हो भने यदि अङ्ग्रेजी अनुवादक सारा भारतमा धेरै मात्रामा
                    देखिन्छन्। 
 यो मिसन अनूदित मूल पाठहरूसम्मको पहुँच र उपलब्ध दक्षताका बारेमा थाहा पाउने जटिलतलाई
                    निम्नलिखित रूपेल सम्बोधित गर्न सकिन्छ:
 |  
            
                | 1. | विभिन्न विषय र क्षेत्रमा विभिन्न दक्षता र योग्यताका साथ अनुवाद जानकारीको डेटा तयार
                    गर्नु। |  
                | 2. | सबै भारतीय भाषाहरूमा विभिन्न रचनालाई उपलब्ध अनुवादका एउटा अनलाइन ग्रन्थसूची तयार
                    गर्नु र विषय, भाषा र क्षेत्रमा आधारित खोजको सुविधाद्वारा सुसज्जित अङ्ग्रेजीमा भारतीय
                    रचना र अन्य विदेशी भाषाहरूको रचना उपलब्ध गराउनु अनि, प्रयोग गर्नेहरूका लागि इनपुट
                    गर्ने सुविधाहरू पनि उपलब्ध गर्नु हो। यी दुवैलाई, विश्वविद्यालय, प्रकाशक, राष्ट्रीय
                    पुस्तकालय, राष्ट्रीय पुस्तक ट्रस्ट (NBT) र वैज्ञानिक तथा तकनीकि शब्दावली आयोग (CSTT)
                    इत्यादिसितको सम्पर्कद्वारा लगातार अद्यतन बनाउँदै जानु जरूरी छ। 
 साहित्य अकादमीद्वारा साहित्यमा अनुवाद ग्रन्थसूची एक ठाउँमा सङ्ग्रहित गरिएको छ जुन
                    चाहिं पहिलाबाटै सिआइआइएलको वेबसाइट ‘अनुकृति’ मा उपलब्ध छ। त्यसै गरी अकादमी अनुवादहरूको
                    पन्जी प्रकाशित गरिएको छ जसमा भारतीय भाषाहरूका कैयौं अनुवादकहरूलाई सामेल गरिएको छ
                    जसलाई एनटिएमको वेबसाइटमा पनि हाल्न सकिन्छ। हालैमा मान्यताप्राप्त भारतीय भाषाहरूलाई
                    सामेल गर्नाले ती दुवैलाई अद्यतन बनाउनुका साथै तिनीहरूलाई विस्तारित गर्नु पनि आवश्यकता
                    छ। अनुवादकको यो सूची साहित्यसम्म मात्र सीमित छ, अतः अरू क्षेत्रमा पनि नौलो तरिकाले
                    अनुवादक अनि अनुवादका सूचीलाई विस्तारित गरिनु आवश्यकता छ यसका लागि एनटिएम भारतको
                    विभिन्न भागका सम्पादक, प्रकाशक, सङ्ग्रहकर्ता आदिसित सम्पर्क गर्न सक्छ।
 |  
            
                | अनुवाद र अनुवादकहरू बढीभन्दा बढी व्यावहारिक हुनु आवश्यक छ । यसका केही सम्बन्ध अनुवादकहरूको
                    पारिश्रमिकको स्तरसित पनि सम्बन्धित हुन्छ जसमाथि नयाँ दृष्टिकोणले विचार गर्नु आवश्यकता
                    छ। किनकि अब अनुवादलाई एउटा रोजगारका रूपमा हेरिँदैछ ताकि भारतमा एउटा ‘अनुवाद उद्योग’
                    स्थापित हुन सकोस्, चाहे तिनीहरू कुनै पनि विशिष्ट क्षेत्र हुन्, हामीले कस्तो परिस्थिति
                    उत्पन्न गर्नु आवश्यकता छ भने जसद्वारा अनुवादकहरूले केवल अनुवादको पेशाको सहाराले
                    नै एउटा सम्मानजनक जीवन व्यतीत गर्न सकियोस्। 
 एनटिएमसित पञ्जीकृत गरिने विभिन्न क्षेत्रका अनुवादकसम्म पुग्न एउटा तकनीकिको विकास
                    पनि अस्तित्वमा ल्याउनु सम्भव छ ताकि गुणवत्ता नियन्त्रणका साथ-साथै योग्यताको पनि
                    परिचय हुन सकोस्। सम्बन्धित विषयका विशेषज्ञ, स्रोत र सम्पर्क भाषाहरूका विद्वान र
                    प्रबुद्ध पाठकले यी मूल्याङ्कन समितिहरूको निर्माण गर्न सक्छन् जसले चाहिं अनुवादको
                    विशेषतालाई रेखदेख गर्छन् र के तय गर्छन् भने कुन अनुवादक राष्ट्रीय सङ्घमा पञ्जीकृत
                    भएर छानिनु योग्य छन्। तिनीहरूलाई प्रत्यायन वा प्रमाणीकरण सुविधाका साथ पुरस्कृत गर्न
                    सकिन्छ अनि तिनीहरूका नामको प्रदर्शन एनटिएमको वेबसाइटमा गर्न सकिन्छ।
 |  
            
                | अनुवादलाई पारदर्शी तथा प्रोत्साहित गर्न अन्य केही उपाय यस प्रकार छन्: |  
            
                | 1. | अनुवादका लागि बजारमा पुस्तक ल्याउने कार्य आयोजित गर्नु; |  
                | 2. | अनुवाद पुरस्कार र अध्येतावृति कार्यक्रमलाई स्थापना गर्नु; |  
                | 3. | अध्ययन, वाद-विवाद, पुस्तक प्रदर्शनी, तथा यस क्षेत्रमा अनुवादकहरूलाई सम्मान आदिका
                    साथ अनुवादमा क्षेत्रीय ‘अनुवाद मेला’को आयोजन गर्नु; |  
                | 4. | उच्च कोटिको अनुवादका लागि प्रारम्भिक बजारलाई सुनिश्चत गर्न पुस्ताकालय नेटवर्कसित
                    जोडिनु; |  
                | 5. | प्रकाशक, लेखक र अनुवादकका आवेदनमा आधारित एनटिएम सहयोग एवम् अनुदान विभाग योजनाको
                    अन्तर्गत खरीदारी व्यवस्था गर्नु; |  
                | 6. | अनुवादको गतिविधिलाई प्रोत्साहित गर्न एनटिएम सहयोग एवम् अनुदान विभागसित अनुवादक र
                    प्रकाशन भवनलाई आर्थिक सहयोग प्रदान गर्नु; |  
                | 7. | अनूदित शिक्षाशास्त्रीय-सामग्रीलाई डाउनलोड गर्ने सुविधा, अधिमान्यतः मुक्त स्रोतका
                    साइटबाट वा डाउनलोडका अनुसार प्रकाशकलाई केही राशि दिनु, वा जसरी हुन्छ तय गर्नु; |  
                | 8. | अनुवादामा विशिष्टता प्रस्तुत गर्ने विश्वविद्यालय विभाग र अनुवादक, अनुवादकलाई धेरैभन्दा
                    धेरै ल्याउन रूचि लिने प्रकाशक, सरकारीका अतिरिक्त निजी क्षेत्र, अनि सबभन्दा महत्त्वपूर्ण
                    – खरीददारी वा अनुवादक प्रयोग गर्नेका बीच एउटा अन्तरापृष्ठ तयार गर्नु। |  
                | 9. | अनुवादमाथि व्यापक दृष्टिकोणका साथ भारतीय भाषाहरू र अङ्ग्रेजीमा जर्नल प्रकाशन वा
                    अनुवादमा इ-लेख ल्याउने संलग्न जर्नल वा प्रकाशनमा वा मुख्य व्यवसायिक जर्नल मुद्रितप्रति
                    वा क्षेत्रीय भाषाहरूमा विभिन्न विषयलाई अङ्ग्रेजीमा लगातार प्रकाशनका लागि सहयोग एवम्
                    अनुदान विभागबाट आर्थिक सहयोग लिनु। |  
                | 10. | राष्ट्रीय/क्षेत्रीय शिक्षण कार्यक्रमको ढाँचामा –विद्यालय, महाविद्यालय र विश्वविद्यालयका
                    पाठ्यक्रममा सम्मिलित गरिएका अनूदित सामग्री प्राप्त गर्न सल्लाह दिनु र त्यसलाई सहमत
                    गराउनु; |  
                | 11. | भाषा संसाधन केन्द्र अनि सबै स्तरका शिक्षण संस्थानमा अनूदित किताबहरूका क्रय-विक्रय
                    गर्ने पुस्तक केन्द्र स्थापित गराउन सहयोग गर्नु; |  
                | 12. | यसको उपयोग र लागू गर्ने क्षेत्रका साथ-साथ परीक्षाहरू तथा जागिर परीक्षणलाई चिह्नित
                    गर्दै द्विभाषी तथा बहुभाषी क्षमताको प्रमुखतालाई उजागर गर्नु; अनि |  
                | 13. | खासगरी भारतका साना सहर अनि गाउँमा अनूदित सामग्रीलाई बढीभन्दा बढी पुग्ने कुरा सुनिश्चत
                    गर्न लौकिक र शहरी निकाय सङ्गठनसित सम्पर्क स्थापित गर्नु। 
 
 |  |  |