ज्ञानवर्द्धक पाठ्य पुस्तको पहिचान

हालमा एन.टी.एम.ले अनुवादको निम्ति ज्ञानवर्द्धक पाठ्य पुस्तकहरूको सूची चिन्ने र छुट्टाउने काम लिएको छ। यी पाठ्य पुस्तकहरूको प्रयोग सूची भारतीय विश्वविद्यालय डाटावेसबाट लिइएको छ। विशेषज्ञहरूद्वारा यस सूचीको जाँच गरिएको छ। सम्बद्ध विषयमा विभिन्न भाषिक पृष्ठभूमि भएका शिक्षक, विद्यार्थी अनि अरू विशेषज्ञहरूसँग सम्पर्क गरी भारतीय भाषाहरूका पुस्तकहरूको मागमाथि विचार राख्न सकिन्छ। यस सूचीलाई रामरी जाँच गरिनेछ अनि ती पुस्तकहरूको चयनसूचीबाट धरै भन्दा धेरै विद्यार्थी अनि शिक्षकहरुले लाभ उठाउनेछ। अन्तमा ज्ञानवर्द्धक पाठ्य पुस्तको उपसमिति अनि एन.टी.एम. को परियोजना सल्लाहकार समितिले यसको शीर्षक अनुमोदन गर्छ।

एन.टी.म.ले विशेषज्ञहरूद्वारा प्रस्तावित एक्‌काइस विषयका पाठ्य पुस्तकहरूको सूची अनुवादको निम्ति सुरूमा भेला गरेको छ अनि यस विषयका जम्मा 105 अनुदित पाठ्य पुस्तकहरू कार्यरत रूपमा बाहिर निकालिने छ।