ट्रान्सलेशन टुडे
A Biannual Double-blind Peer-reviewed refereed UGC Approved Journal

एन.टी.एम. द्वारा प्रकाशित ट्रान्सलेशन टुडे अर्द्धवार्षिक पत्रिका हो जुन अनुवादसँग सम्बन्धित लेखखहरूमाथि समर्पित छ। यो पीयर समीक्षित मानक अन्तराष्ट्रीय पत्रिका हो जसमा अनुवाद अध्ययन र त्यससँग जोडिएका लेख, विद्वान् अनि व्यवसायिक अनुवादकहरूको अन्तर्वार्ता, समीक्षाहरु आदिको प्रकाशन हुन्छ। यसले नयाँ अनुवादकहरुलाई प्रशिक्षित गर्न तथा विद्वानहरू माझ शैक्षिक चर्चा परिचर्चाका निम्ति एउटा मञ्चको काम गर्छ। जसबाट अनुवादकहरुलाई नयाँ सम्भावनाहरू खोज्न तथा यससँग जोडिएका सामाजिक जिम्मेदारीहरुलाई पूरा गर्न सहायता मिल्छ।
 
ई-जीन
‘ट्रान्सलेसन टुडे’ ले अनुवाद अध्ययनको उदयीमान अनुशासनलाई अझ समृद्ध तुल्याउन योगदान दिन प्रस्ताव राख्दछ। भारतीय भाषाहरुबाट तथा भारतीय भाषाहरुमा अनुवादहरु प्रकाशित गरेर अनुवाद अध्ययन परम्परालाई समृद्ध तुल्याउँछ।

‘ट्रान्सलेसन टुडे’ अनुवाद विषयका लेखहरु, अनि अनुवादक सम्बन्धी प्रश्नहरु त्यसरी नै विश्लेषनात्मक उल्झनहरु, समाधानको बाटो नदेखिएका प्रहेलिकाहरु समीक्षात्मक लेखहरु, निबन्धहरु अनुवाद र अनुवादमाथिको समीक्षात्मक पुस्तकहरु, सम्पादकलाई चिठी ‘ट्रान्सलेसन टुडे’ खोज अनुवादकहरुको सूची, सहयोगीहरुको सूची, लेखकहरुको सूची आदि विषयमा जानकारी प्रदान गर्छ। भविष्यमा यसमा अझ अनुवादकहरुको निम्ति रोजगारको अवसर, अनुवाद सफ्टवेयरको बजार आदि थप कुराहरु पनि जोड़न सकिन्छ। भारतीय भाषाहरुबाट भारतीय भाषाहरुमा हुने अनुवादमा सामान्य समस्या र जटिलताहरुमा अधिक ध्यान आकर्षण गरिनेछ। जे होस यो जर्नलले केवल भारतीय भाषाहरुहसँग सम्बन्धित मुद्दालाई मात्र आफुसँग सिमित राख्ने छैन।

जसरी व्याकरणिक चिन्तन पद्दति भारतको निम्ति नयाँ होइन त्यसरी नै चिन्तनको एउटा प्रवर्गको रुपमा अनुवाद भारत अनि विकासशील देशको निम्ति नयाँ होइन। यसप्रकारले वहुभाषी देश अनुवादकहरुको निम्ति सपना रहिआएको छ।
  » हामी अनुवाद कार्यमा धेरै विकास गर्नु चाहान्छौं।
  » हामी अनुवाद कार्यमा नयाँ क्षितिज प्राप्त गर्नु चाहान्छौं।
  » अनुदित शब्दमा हामी उत्कृष्ट प्राप्त गर्न चाहान्छौं।