हाम्रो बारेमा

राष्ट्रिय अनुवाद मिशन (एन.टि.एम) भारत सरकारको एउटा परियोजना हो, जसको मुख्य ध्येय अनुवादलाई एउटा उद्योगको रूपमा स्थापना गर्नु अनि अनुवादको माध्ययम द्वारा विद्यार्थी तथा शिक्षकहरुलाई भारतीय भाषाहरुमा नै ज्ञानवर्द्धक पाठ्य पुस्तकहरु उपलब्ध गराउनु हो। यस परियोजनाको दूरदर्शी ध्येय भाषिक बाधाहरुलाई पार गरेर बौद्धिक समाजको स्थापना गर्नु हो। भारतको संविधानको आठौं अनुसूचिमा मान्यताप्राप्त भाषाहरुमा अनुवादको माध्ययमद्वारा ज्ञानको प्रचार प्रसार गर्नु एन.टी.एम. को लक्ष्य हो।

सुसम्बन्ध प्रयासहरुद्वारा अनुवादकहरुलाई प्रशिक्षण दिनु प्रकाशकहरुलाई अनुदित संस्करण प्रकाशन गर्न प्रोत्साहित गर्नु, भारतीय भाषाहरुबाट भारतीय भाषाहरुमा अनुदित उपलब्ध सबै पुस्तकहरुको जानकारीको निम्ति साझा घर (क्लिनिक हाउस) बनाउनु हो। यी नै प्रयासहरुद्वारा एन.टी.एम. अनुवादलाई भारतमा एउटा उद्योगको रूपमा स्थापना गर्न चाहन्छ। अनुवादको माध्ययमद्वारा नयाँ शब्दावली अनि संकथन शैलीहरुको विकास गरेर भाषाहरुको आधुनिकीकरण गर्न सकिने करा स्वीकार्य छ। भारतीय भाषाहरुमा शैक्षिक प्रबन्धनको आधुनिकीकरणको निम्ति अनुवादकले मुख्य भूमिका खेल्छ।

अनुवादलाई एउटा उद्योगको रुपमा स्थापित गर्नको निम्ति ‘ज्ञानवर्द्धक पाठ्य पुस्तको अनुवाद’ यस दिशाको पहिलो कदम हो। ज्ञानको प्रचार प्रसारको क्षेत्रमा उपयोगी हुने ती सबै पाठ्य पुस्तकहरु एन.टू.एस को ज्ञान पाठ्य पुस्तकको रुपमा आउँदछ। हालमा एन.टी.एम 22 भारतीय भाषाहरुमा उच्च शिक्षासँग सम्बन्धित शैक्षणिक समामग्रीको अनुवाद कार्यमा आबद्ध छ। अङ्ग्रेजी भाषामा भएका बृहत ज्ञानका भण्डारहरुलाई अनुदित गरेर उच्च पाठ्य पुस्तकको माध्ययमद्वारा भारतीय भाषाहरुमा पुर्याउनु एन.टी.एम लक्ष्य हो। अतः प्रस्तुत प्रक्रियाको माध्यमद्वारा अन्तमा स्वच्छ बौद्धिक समाजको निर्माण हुने कुरामा विस्वस्त हुन सकिन्छ।