| 
         
         
         
         
                
    
                
                
                
                
                
                
                    
                    
                     
                    
             
              | 
             
        
               
                
                 
         
         
         
         
            
    
        FAQ’s
         
         
                    
                         
    
        
            
                
                    1. म कसरी एनटीएमको हिस्सा बन्न सक्छु? एनटीएममा म अनुवादकको
                        रुपमा पंजीकृत हुन चाहन्छु। यसको निम्ति के गर्नुपर्छ? भैले एनटीएम मा स्नातकको विद्यार्थीहरुको
                        हैसियतले कसरी पंजीकरण गर्न सक्छु? 
                     
                    उत्तर: तँपाईले हामी समक्षमा आफ्नो सम्पूर्ण विवरण प्रस्तुत गर्नुपर्ने
                    हुन्छ जो हाम्रो वेभसाइट http://www.ntm.org.in/languages/english/login.aspx.
                    मा उपलब्ध छ। यसबारे तँपाईलाई चाँड़ै जानकारी दिने आश्वास्त गर्दछौं।
                     
                     
                    2. म निर्दिष्ट पुस्तक अनुवाद गरेर छपाउन चाहन्छु। यो कार्यलाई
                        एनटीएम मार्फत कसरी गर्न सक्छु?
                     
                    उत्तर: तपाईँले आफ्नो कार्यको सम्पूर्ण योजना प्रस्ताव नमानुसहित
                    प्रस्तुत गर्नुपर्नेछ। त्यसपछि हाम्रो दलले त्यसको छानविन गरेर विशेषज्ञको प्रयुक्तरबारे
                    तपाईँलाई जानकारी दिइनेछ।
                     
                     
                    3. एनटीएमसँग संलग्न हुने पुर्वपेक्षित शर्तहरु के हुन्?
                     
                    उत्तर: अनुवादकको चयनको निम्ति एनटीएम विशिष्ट छ। स्रोत भाषा र लक्ष्य
                    भाषामा दक्षता सँगसँगै समय सीमाभित्र कार्य समाप्त र्ने क्षमताभन्दा बेसी एनटीएमलाई
                    केही चाहिदैन। एनटीएमका सम्भावित अनुवादक हुनुको निम्ति उमेर, योग्यता, वासस्थान आदि
                    केहीको छेकाबार हुँदैन।
                     
                     
                    4. मेरो स्थान सम्बन्धी विघ्न बाधाहरु छन्। यस्तो हुँदाहुँदै
                        पनि के म एनटीमसँग संलग्न हुनसक्छु?
                     
                    उत्तर: अनुवाद उद्योगलाई प्रोत्साहन दिन अनि यस कार्यमा इच्छुक व्यक्तिहरुलाई
                    प्रोत्साहित तुल्याउन नै एनटीएम गठन गरिएको हो। यो परियोजनाको निम्ति स्थानको कुनै
                    वाधा हुँदैन। तपाईँ संसारको कुनै पनि भागबाट यस परियोजनाको हिस्सा बन्न सक्नुहुन्छ।
                     
                     
                    5. वहुसंचारमाध्यम (मल्टीमिडिया) अनुवाद के हो?
                     
                    उत्तर: अधिकांश लिखित र मौखिक दस्तावेजहरुको अनुवादित/रुपान्तरित
                    हुन्छन्। यस अनुवादले निर्दिष्ट गरिएको दुई किसिमको लेखहरु बाहेक अरु जम्मै अनुवादहरुलाई
                    समेटछ। जस्तै- उपलब्ध आख्यान र पार्श्व स्वर आधारित कार्यहरु, सँगसँगै उपशीर्षक तयार
                    कार्य र वेभसाइट अनुवाद अनि वहुभाषिक डेस्कटप प्रकाशन आदि वहु संचारमाध्यम अनुवादको
                    क्षेत्रभित्र पर्दछन्।
                     
                     
                    6. के अनुवाद परियोजनामा पार्श्व आवाज र आख्यान यसको अंग बन्न
                        सक्छ?
                     
                    उत्तर: पार्श्व आवाज, आख्यान र अन्य विषयमा आधारित परियोजनाहरु सिआइआईएलले
                    विस्तृत रुपमा तयार गरिसकेका छन्। यो प्रक्रियालाई सुविधा प्रदान गर्न यसकै परिसरमा
                    यस संस्थाको एउटा व्यवसायिक स्टुडियो पनि छ। तसर्थ कुनै परियोजनाको माग अनुसार यी निर्दिष्ट
                    सामग्रीहरु चाहिए एनटीएमले पक्कै त्यसको प्रयोग गर्नेछ।
                     
                     
                    7. तपाईँ कुन अनुवादसामग्री प्रयोग गर्नुहन्छ?
                     
                    उत्तर: व्याकरणिक उच्च कोटीका सामग्रीहरु जस्तै-शब्दकोश, अनुवादसम्बन्धी
                    सफ्टवेयरहरु, वर्डनेट आदि यी नै एनटीएमका साधनहरु हुन्। आवश्यकता पर्नेहरुलाई यी सबै
                    सामग्रीहरु उपलब्ध गराइनेछ जसद्वारा उनीहरु लाभान्वित हुनेछन्।
                     
                     
                    8. अनुवाद गर्दा मैले कुन प्रारूपको अनुसरण गर्नुपर्दछ?
                     
                    उत्तर:
                     
                     
                    9. अनुवादको अनुमानित लागतलाई म कसरी जान्न सक्छु?
                     
                    उत्तर:
                     
                     
                    10. छानिएका अनुवादहरुको निम्ति कुनै ओरियन्टेशन कार्यक्रम वा
                        योजनाबद्ध पाठ्यक्रम छ?
                     
                    उत्तर: एनटीएमको प्राथमिक उद्देश्यहरु मध्ये एक हो अनुवादक शिक्षण,
                    किनभने त्यस कार्यको निम्ति विशेष तालिमको आवश्यकता पर्दछ। एनटीएमले भावी अनुवादकको
                    निम्ति अल्पावधि कार्यक्रमहरुको आयोजना गर्दछ, साथै अनुवादकको निम्ति पाठ्यक्रम मापदण्ड,
                    अनुवाद प्रौद्योगिकीको निम्ति विशेष कोर्सको विकासको निम्ति प्रोत्साहन, सहयोग अनि
                    साध्यता, शोध परियोजनालाई प्रोत्साहान, संस्थागत छात्रवृति कार्यक्रम, कार्यशालाहरुको
                    आयोजना आदि गर्छ। जसले गर्दा अनुवादकलाई सम्पादन, तथा पुर्ननिरीक्षण अनि प्रतिलिपि
                    सम्पादनमा साध्यता गर्छ।
                     
                     
                    11. के म मेरो खुशीले पुस्तक चयन गरेर अनुवाद गर्न सक्छु। अथवा एनटीएमले कुनै पाठ्यतालिका उपलब्ध गराउँछ?
                     
                    उत्तर: एनटीएमको ज्ञान पाठ्यसूचीको डेटाबेस नै अनुवादको स्रोत सामग्री हुन सक्छ।
                 | 
             
            
                | 
                     
                 | 
             
         
     
                
                
            
                     
                        
                    
                    
                    
                    
                     | 
                     
                     
                    
                 
                
                |