पुस्तकसूचीको इतिहास

अनुवाद ग्रन्थसूची डेटावेसको आवश्यकता धेरै अधिदेखि नै महसुस गरिन्दैथ्यो। anukriti.net जस्तो अनुवाद प्रदाता अनि सूचना आधारित वेभसाइटका विकास बर्ष 2002मा भारतका तीन प्रमुख संस्थानहरु जस्तै भारतीय भाषा संस्थान, साहित्य अकादमी अनि नेशनल बुक ट्रस्टद्वारा गरिएको थियो। 20,000 शीर्षकहरुमा संकलन गरेर अनुकृतिको अधिन एउटा खोज इञ्जिनको विकास गरिएको थियो। जब कि यी आँकड़ाहरुका प्रमाणीकरण अनि शुद्धिकरणको आवश्यकता छ।

जून 2008 मा एनटीएमको शुरुवात भएको थियो अनि अनुकृतिको विलय एनटीएमसँग गरिएको थियो। अनुवाद ग्रन्थसूचीको निर्माण कार्य एनटीएममा पनि निरन्तर रहयो। यो परियोजनालाई नयाँ प्रकारले पुनर्जागरित गर्ने शुरूवात वर्ष 2011 बाट गरियो। यस योजनाको रुपरेखा तयार गरेर विभिन्न स्रोतहरुबाट आँकडाहरु संग्रह गरियो। सूचनाहरुका निरन्तर प्रवाहलाई सुनिश्चित गर्नको निम्ति विभिन्न विश्वविध्यालयहरु, प्रकाशन केन्द्रहरु, पुस्तकालयहरु, अनुवाद संस्थाहरु, साहित्यिक समाज अनि संस्थाहरुसँग सम्पर्क गरियो। हामीले लगभग 70,000 शीर्षकहरुका बारेमा जानकारी एकत्र गरेका छौं जसलाई अंकीकृत अनि छनौट गनुपर्नेछ। यसको साथै भाषा संसोधन केन्द्र बडौदा, गुजरातको प्रो. जी. एन. देभी, जसले धेरै वर्षदेखि अनुदित संस्करणहरुका लगभग 20,000 शीर्षकहरुका जानकारी एनटीएमलाई दानस्वरुप दिएका छन्।

अनुवाद ग्रन्थसूचीहरुका डेटावेसका अंकीकृतकरण (डिजिटाइजेशन) अनि भविष्यमा यसको रुपरेखा तयार गर्ने उद्देश्यले सितम्बर 2011 मा प्रो. देभी अनि एनटीएम समूह माझ मैसूरमा एकदिनको कार्यशालाको आयोजना गरियो। यस कार्यशालाको समयमा प्रो. देभीले प्रत्येक अनुदित संस्करणका निम्ति एउटा विशेष परिचयपद्धति संख्या शुरु गर्ने प्रस्ताव/सुझाव राखे। यी डेटाबेसका तकनीकि पक्षहरुलाई बुझ्नको निम्ति नमेम्बर 2001 मा बडौदा शहरमा एउटा अर्को कार्यशालाको आयोजना गरियो। अनुदित संस्करण अनि स्रोत पाठहरुका अत्याधिक जानकारीका निम्ति एउटा नमुनाको परिकल्पना गरिएको छ। यसको भविष्य अझ धेरै परिष्कृत गर्नुको निम्ति एनटीएम प्रयत्नरत छन्। वर्तमानमा वेभसाइटमा 25 भाषाहरुका 20,000 परिष्कृत शीर्षकहरु समावेश छन्।