कार्यक्रम

राष्ट्रिय अनुवाद मिशनले बौद्धिक पाठ्यक्रमको अनुवाद माथि कार्यशाला, सङ्गोष्ठी, जानकारी मूलक कार्यक्रमहरुको आयोजना गर्दछ। निर्धारित अनुवादमा शैक्षणिक संवाद भारतीय भाषामा अनुदित पुस्तकको उपलब्धताको संकलन तथा नयाँ अनुवादकहरुको निम्ति मिशनले कार्यक्रम गर्नेगर्छ। अनुवादको प्रशिक्षण एवं प्रचारको निम्ति एन.टी.एमले विशेषज्ञ अनुवादक तथा प्रकाशकहरूलाई यसमा आमन्त्रित गर्छ।
 
कार्यशाला
22 भाषाहरुमा प्रत्येक विषयको शब्दावली तयार गर्नलाई एन.टी.एम. ले सम्पादकीय सहायता दलको सहयोगमा कार्यशालाको आयोजना गर्छ। पुस्तकको अनुवाद पूर्णरूपमा समाप्त भएपछि प्रत्येक भाषाको विषय विशेषज्ञ तथा सम्पादकीय सहायता दलद्वारा चयनित विशेषज्ञ यी कार्यशालामा पाण्डुलिपिको पुनः जाँच गरि अनि अनुवादकहरुलाई मार्गदर्शन गरिन्छ।
 
सङ्गोष्ठी
अनुवादसँग सम्बन्धित शैक्षणिक विमर्शलाई प्रोत्साहन गर्नको निम्ति राष्ट्रिय अनुवाद मिशनले सङ्गोष्ठीहरुको आयोजना गर्छ। यस सङ्गोष्ठीमा विद्या सम्बन्धी कागज पत्र तथा अभिलेखहरूको समीक्षा गरिन्छ। यसलाई एन.टी.एम. को द्विभाषिक पत्रिका ‘ट्रान्सलेशन टुडे’-मा प्रकाशित गरिन्छ। यी सङ्गोष्ठीहरुले एन.टी.एम. को अनुवाद माथि हुने शैक्षणिक वर्तलापलाई संरक्षित गर्दछ। अतः अनुवाद अध्ययन अनि यससँग सम्बन्धित विषयमा रूची लिनेहरुलाई यसले सहायता प्रदान गर्छ।
 
ओरियन्टेशन कार्यक्रमहरु
राष्ट्रिय अनुवाद मिशनले प्रतिभागीहरुलाई अनुवाद, अनुवाद सिद्धान्त अनि पाठ्य पुस्तकहरुको अनुवादसँग सम्बद्ध थुप्रै विषय मुद्धा तथा अनुवादको साधनहरुसँग परिचित गराउन विभिन्न भाषाहरुमा ओरेयन्टेशन कार्यक्रमहरुको आयोजना गर्छ। प्रतिभागीहरुमा विभिन्न कलेज अनि विश्वविद्यालयहरुका विद्यार्थी अनि शोधार्थीहरु हुन्छन्। तिनीहरू विभिन्न भाषिक पृष्ठभूमिबाट आएका हुन्छ अनि विभिन्न महाविद्यालय/विद्यालयका शिक्षक, स्वतन्त्र अनुवादक तथा विभिन्न व्यवसायसँग सम्बन्धित मानिसहरु पनि यस कार्यक्रममा भाग लिने गर्छन्। प्रतिभागीहरुको छनौट पनि अनुवादकहरुको राष्ट्रिय रजिस्टरद्वारा गरिन्छ।

यस कार्यक्रममा रिसोर्स पर्सन अनुवाद अध्ययन र सम्बद्ध विषय वा भारतीय भाषाहरुमा लिप्त लेखकहरूलाई पनि आमन्त्रित गरिन्छ। ती विशेषज्ञहरु जसले पाठ्य पुस्तकहरुको अनुवाद गरेका छन् अथवा तकनिकी शब्दावलीको विकासमा काम गरेका छन् तिनीहरु पनि एन.टी.एम.को रिसोर्स पर्सन बन्न सक्छन्। s
 
अन्य कार्यक्रमहरू
आफ्नो क्रियाकलापहरूलाई प्रचार प्रसार गर्नकालागि एन.टी.एम. देशभरिमा आयोजित पुस्तक मेलाहरूमा भाग लिन्छ। अनुदित पुस्तकहरुको प्रकाशन सकेपछि एन.टी.एम. ले प्रचारत्मक कार्यक्रम, लेखक सम्मेलन, अनुवादक सम्मेलन आदि जस्ता कार्यक्रमहरूको आयोजन गर्दछ।