भारतीय विश्वविद्यलय डाटावेस

भारतीय विश्वविद्यालयीय डाटावेस एन.टी.एम को एउटा पहल हो, जसको लक्ष्य विश्वविद्यालय अनि भारतको अन्य शैक्षिक संस्थानहरू को विषयमा जानकारी उपलब्ध गराउनु हो। यसले ती विश्वविद्यालयहरुमा पढाइने मुख्य पाठ्य विषय अनि सन्दर्भसूचीको जानकारी प्रदान गर्छ। शैक्षिक संस्थानहरू सन्दर्भ सूचीको वेभ ठेगाना पनि यहाँ पाउन सकिन्छ। वर्तमान डाटावेसमा विश्वविद्यालयीय अनुदान आयोग (यू.जि.सि) द्वारा अधिकृत 155 भारतीय विश्वविद्यालयहरूको विस्तृत जानकारी उपलब्ध छ। विभिन्न संस्थानहरूमा पढाइने विभिन्न विषयका पाठ्यक्रम र पाठहरूको जानकारी यस डाटावेसमा उपलब्ध छ। लेखकहरूको नाम र प्रकाशकहरूको जानकारी सहित समस्त करपसहरूको जानकारी, विश्वविद्यालयमा निर्दिष्ट गरिएका पुस्तकहरूको डिजिटल सूची पनि समावेश गरिएको छ।

मापदण्ड खोजी प्रकार्यको सहायताले देशको कुनै पनि संस्थाबाट विद्वान र शिक्षाविद्हरूले विषयगत पाठ्यक्रमहरूको नवीनतम जानकारी पाउन सक्छ। विश्वविद्यालयीय बोर्डले आफ्नो पाठ्यक्रममा संसोधन गर्न भन्दा अधि अन्य विश्वविद्यालयहरूले पाठ्यक्रमको विवरण र पाठ्यक्रम ढाँचाको समीक्षा गर्न सक्छ। जसले ग्रामीण अनि शहरीय क्षेत्रका विश्वविद्यालयहरूको निर्माणमा समानता हुन्छ। आफ्नो प्रचार प्रसारको विस्तारू र इच्छुकहरूको बड़ोत्तरीको निम्ति एन.टी.एम. ले भविष्यमा सिडि. छरितो भिडियो र मुद्रित पाठको विमोचन गर्न सक्छ।