अनुवादकहरूको प्रशिक्षण अनि प्रमाणीकरण

जस्तो प्रकारले परियोजनाको विस्तृत विवरणमा उल्लेखित छ कि राष्ट्रिय अनुवाद मिसनले देशमा अनुवादलाई उद्योगको रुपमा स्थापित गर्न चाहन्छ। यसैको फलस्वरुप अनुवादकहरुको प्रमाणिकरण तय गरिएको छ। यसो गर्नाले अनुवादकहरुलाई दृष्टरुपमा अधि आउने मौका मिल्नेछ भचे एनटीएमको विश्वास छ।

एनटीएमले अनुवादकहरुको राष्ट्रिय पंजीकरण शुरु गरेको छ जसमा 5000 भन्दा धेरै अनुवादकहरुले आफुलाई दर्ता गरिसकेका छन्। एनटीएमले देशभरि नै धेरै केन्द्रियकरण कार्यक्रमहरुको आयोजना गरिसकेका हन्। जसमा देशका विभिन्न भाषा तथा क्षेत्रसँग सम्बन्धित विशेषज्ञहरु सामेल गराई उनीहरुबाट धेरै मन्तव्यहरु (फिडव्याक) प्राप्त गरेका छन्।

वर्तमानमा एनटीएमले अनुवादकहरुको प्रमाणिकरण र प्रशिक्षणसँग संलग्न मानिसहरु र गैरसरकारी संस्था जस्तो इग्नु, क्यूसिआई (Quality Council of India) गुणवत्ता नियन्त्रण परिषद) आदिसँग सल्लाह परामर्श गरिरहेका छन्। विभिन्न संस्थाहरुका प्रतिनिधित्व गर्ने विशेषज्ञ तथा एसेन्सीहरु लिएर प्रमाणिकरण कार्यक्रमको निम्ति एनटीएमले धेरैवटा गम्भीर आलोचनात्मक कार्यशालाहरुका आयोजना गरिसकेका छन्। जसको प्रमाणिकरणको प्रणाली र तौर तरिका विषय लिएर चाड़ै वेभसाइटमा जानकारी प्रदान गरिनेछ।

एनटीएमले अनुवादकहरुको निम्ति दिइने तालिम कार्यक्रमलाई अझ विकसित बनाउने योजना गरिरहेका छन्। यसैले भारत तथा विदेशमा प्रचलित अनुवादकहरुका प्रशिक्षण सम्बन्धी पाठ्यतालिका तथा विषय-वस्तुहरुलाई संग्रह गर्ने कार्य भइरहेको छ। प्रशिक्षण कार्यक्रमको संचालन सम्बन्धमा विभिन्न संस्था एवम् विशेषज्ञहरुसँग एनटीएम कार्यरत छन्। निकट भविष्यमा देशव्यापी प्रशिक्षण कार्यक्रम संचालन गरिनेछ।