लक्ष्य अनि उद्देश्य

मिशनको अल्पकालीन उद्देश्य हुन्
  » महाविद्यालय तथा विश्वविद्यालयहरुमा पढाउने सबै मुख्य विषयहरुका पाठ्य पुस्तकहरुको अनुवादलाई प्रोत्साहन अनि प्रकाशन गर्नु।
  » भारतीय विश्वविद्यालयहरूको डाटावेस, अनुवादकहरुको रेजिस्टर (एन.आर.टि) प्रकाशहरुको डाटावेस, अनुवादकहरुको ग्रन्थ-सूची, संकाय डाटावेस/विशेषज्ञहरुको सङ्ग्रहालय, शब्दकोश तथा शब्दावलीहरुको डाटावेस आदि मुख्य पार्च डाटावेसहरुको उत्पादन र मर्मत गर्नु।
  » अंग्रेजी अनि भारतीय भाषाहरू माझ मशीन अनुवादलाई प्रोत्साहन गर्नु।
  » विभिन्न क्षेत्रमा अनुवादहरुलाई प्रमाणिकरण र प्रशिक्षण गर्नु।
  » अनुवादक शिक्षण कार्यक्रम अन्तर्गत अनुवादकलाई लिएर अल्पकालीन अभिमुकीकरण पाठ्य चर्चाको आयोजना गर्नु।
  » शब्दकोश अनि पर्यायवाची अंश जस्ता अनुवादका साधनहरुको विकास गर्नु।
  » भारतीय भाषाहरुमा वैज्ञानिक तथा प्राविधिक शब्दहरुको निर्माणको लागि वैज्ञानिक अनि प्राविधिक शब्दावली कमिशन (सि.एस.टि.टि.) सँग समन्वय राख्नु।

मिशनको दीर्घकालीन उद्देश्य हुनेछ।
  » अनुवाद स्मृति, शब्दखोजकर्ता, शब्द नेट आदिको अनुसन्धान विकासको सहायताको निम्ति साफ्टवेयर उपलब्ध गराउनु।
  » न्यायालय ल्याङ्वेज प्रोसेसिंग अनि अनुवाद सम्बन्धित अनुसन्धान परियोजनाहरुको निम्ति वित्तीय सहायता अनि अनुवादको प्रस्ताव राख्नु।
  » विशेष परियोजनाहरु जस्तै भाषा युग्महरुको माझमा अनुवाद सूचीको निर्माणको लागि अनुवाद माथि डिग्री/डिप्लोमा पाठ्यक्रमको संचालन गर्ने विश्वविद्यालय अथवा विभागहरुलाई अनुदान उपलब्ध गराउनु।
  » भारतीय भाषाहरुमा अनुवादसँग जोड़िएका पाठ्य सामग्री अति विश्लेषण आदिमाथि अनुवादसँग सम्बन्धित जर्नलहरुलाई सहायता गर्नु।
  » अनुवादकहरु र अनुवादका गतिविधिहरुमाथि अधिक सादृश्यता प्रदान गर्नका निम्ति विभिन्न कार्यक्रमहरु जस्तै अनुदित पुस्तकको विमोचन, क्षेत्रीयअनुवाद उत्सव, परिचर्चा, पुस्तक प्रदर्शनी आदिको आयोजना गर्नु।
  » विशेष चर्चाका निम्ति अनुवादको अध्ययनसँग सम्बन्धित महत्वपूर्ण शैक्षिक समाग्रीहरुको संकलन निर्माण गर्नु।
  » अनुवादलाई बालक व्यवसायको रूपमा स्थापित गरेर यसलाई एउटा उद्योको रूपमा अगारी बड़ाउनु।

लाभार्थी
बौद्धिक समाजको ढाँचा तयार गर्नु नै एन.टी.एम. को प्रमुख उद्देश्य हो। विभिन्न पाठ्य सामग्रीहरुलाई एउटा भाषाबाट अन्य भाषामा अनुवाद गरेर ज्ञानलाई समान रुपमा प्रोत्साहित गर्नु नै मिशनको उद्देश्य हो। भाषिक वाधाका कारण शिक्षा प्राप्त गर्न अडचन भइरहेका ती विद्यार्थीहरुलाई यसबारे आधार प्राप्त हुन्छ। समाजको विभिन्न व्यवसायसँग जोडिएका मानिसहरुलाई लाभ पुर्याउनु पनि एन.टी.एम. को उद्देश्य हो।
  » विभिन्न विषय र स्तरहरूमा संलग्न शिक्षकहरु।
  » लेखक/अनुवादक/प्रकाशकहरु।
  » अनुवाद अध्ययन विभाग, विश्वविद्यालय अनि विभिन्न संस्थाहरुका भाषा वैज्ञानिक अनि शोधार्थीहरु।
  » नयाँ अनि रोचक खोजका निम्ति उत्सुक भारतीय भाषाहरुका प्रकाशकहरु।
  » अनुवाद सफ्टवेयर विकासकर्ता।
  » तुलनात्मक साहित्यका विद्वानहरु।
  » आफ्नो भाषामा साहित्यिक अनि बौद्धिक पाठ्य पुस्तक पढन रूचाउने पाठकहरु।
  » अनौपचारिक शिक्षा उपलब्ध गराउन चाहने स्वयंसेवकहरु।
  » जन स्वास्थ्य जन अधिकार, पर्यावरण, लोकप्रिय विज्ञान आदि विभिन्न क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरु/एन.जी.ओ. हरु।
  » दोभाषेहरुको आवश्यकता राख्ने सरकारी, निजी संस्था अनि व्यक्तिहरु।
  » उप-शीर्षक अनि बहुभाषिक चलचित्रको प्रदर्शनको निम्ति उत्सुक चलचित्र निर्माताहरु।
  » विभिन्न भाषाहरुका कार्यक्रम प्रस्तुतिको आवश्यकताको निम्ति एफ.एम. अनि आकशवाणी केन्द्रहरु।