अनुवादक शिक्षण

एन.टी.एम. को अनुवादक शिक्षण कार्यक्रमको पहिलो लक्ष्य अनुवादकहरूलाई पाठ्य पुस्तकहरूको प्रकाशनको निम्ति प्रशिक्षण दिनु हो। यसले ती व्यक्तिहरुलाई शैक्षिक सहायता पनि प्रदान गर्दछ जसले अनुवादलाई आफ्नो उद्यम बनाउन चाहन्छ। यस प्रशिक्षणले अनुवादकहरूलाई भारतमा अनुवाद परम्पराको इतिहासको जानकारी गराउँछ साथै भारतीय भाषाहरुको पाठ्य पुस्तकहरूको अनुवादसँग सम्बन्धित समस्या र चुनौतीहरु तथा शब्दकोश, शब्दावली तथा पर्यावाचीकोश आदिको अनुप्रयोगको जानकारी दिन्छ। यसको मूल उद्देश्य प्रतिभाशाली र कुशल व्यावसायिक अनुवादकहरूको जन्म गराउनु हो। यस लक्ष्यलाई पुरा गर्नका निम्ति एन.टी.एम. कार्यशाला, अभिविन्यास कार्यक्रम, तथा सङ्गोष्ठीहरूको आयोजना गर्दछ। ट्रान्सलेशन टुडे (एन.टी.एम. को द्विभाषिक जर्नल), अनुवादकको लागि हस्तपुस्तिका एन.टी.एम. मिडियाले प्रस्तुत गरेको ए.भी. सामग्री अनि एन.टी.एम. को पाठ्यसामग्री अनुवादकहरुको शिक्षणमा महत्त्वपूर्ण उपकरण हुन्छ।