अनुवाद कार्य

एन.टी.एम. ले भारतको सबै प्रकाशकहरूसँग अनुबन्ध गरेर भारतीय भाषाहरूको अनुवाद प्रकाशन गर्छ। यी प्रकाशनहरू कि त चयनित पुस्तकहरूका प्रकाशनाधिकारी हुन अथवा भारतका विभिन्न प्रान्तमा भएका भारतीय भाषाहरूका पुस्तक प्रकाशन गर्ने संस्था हुन्। एन.टी.एम. ले मुख्य प्रकाशकहरुसँग तादात्म्य गरेर अनुदित पाठ्य पुस्तकहरूको बजारीकरण र वितरण गर्छ।

यस मिशनले अनुवादलाई प्रकाशन गर्नका निम्ति दुईवटा सम्भावित तरिका लिएका छन्।

  » मूल प्रकाशकहरु स्वयंले परियोजना लिने काम गर्छ अनि अनुवादलाई प्रकाशमा ल्याउने काम गर्छ। एन.टी.एम. यो प्रक्रियासँग आंशिक रूपमा संलग्न भएर वा व्यायको केही अंश वहन गरेर अथवा शैक्षिक दक्षता प्रदान गर्छ।
  » यि मूल प्रकाशकलाई अनुवाद कार्यमा रुचि छैन भने एन.टी.एम. यस कार्यको प्रकाशन र वितरण भारतीय भाषाहरूको प्रकाशकहरूलाई अउटसोर्स गरीदिन्छ अनि अनुवाद कार्यबोर्ड सर्वाधिकार सुरक्षित राख्छ। प्रकाशनाधिकार ‘भएको प्रकाशकले रोयलटी पाउँदछ। यदि भारतीय भाषाहरूको प्रकाशकले पुस्तकको अनुवाद गर्न पाउँदैन त्यस्तो स्थितिमा एन.टी.एम. ले अनुवाद कार्य स्वयं गरेर कैमरा रेडी प्रति तयार गर्दछ (सी.आर.सी)। यसपछि एन.टी.एम. यस कैमरा रेडी प्रति भारतीय भाषाहरूका प्रकाशकहरूलाई पठाउँछन् अनि यसको प्रकाशन र वितरणको दायित्व प्रकाशक स्वयं लिन्छन्।

भिन्न प्रकारको अनुवाद कार्यको दायित्वलाई टर्नकी मोड भनिन्छ।